FAQs Complain Problems

कुमाख गाउँपालिकाको आधिकारी वेवसाएटमा  स्वागत छ

नेपालको कर्णाली प्रदेशमा पर्ने कुमाख गाउँपालिका प्राकृतिक तथा धार्मिक एवं भौगोलिक बनावट र कृषि क्षेत्रले महत्त्वपूर्ण गाउँपालिका मानिन्छ । सल्यान जिल्लाको उत्तरी भागमा अवस्थित कुमाख गाउँपालिका साविकका कालागाउँ , वडागाउँ, जिमाली, मर्मपरिकाँडा र स्वीकोट गाउँ विकास समितिहरु समावेश गरी २०७३ सालमा गठन गरिएको हो।यस गाउँपालिका भाैगाेलिक अवस्थीत समुद् सतहबाट ४५० २५३७ मि. उचाइमा रहेकाे छ भने २८° ४१’ ०३ उत्तर अक्षांश र २८° ५६’ ४३  पूर्वी देशान्तर सम्म फैलिएको छ | यस गाउँपालिकाको पूर्वमा सल्यान जिल्लाको दार्मा गाउँपालिका र बागचौर नगरपालिका, पश्चिमा बनगाड कुपिण्डे नगरपालिका , दक्षिणमा ढोरचौर गाउँपालिका तथा  उत्तरमा रुकुम जिल्लाको चौरजहारी नजरपालिका र जाजरकोट जिल्लाको भेरी नगरपालिका पर्छ । यस गाउँपालिकाको जनसख्या कुल ३३,३४७ रहेको छ । यस गाउँपालिकाको कुल क्षेफलमा १७७‍.२७ वर्ग कि.मी  रहेको छ । यस गाउँपालिकामा कुमाख जस्ता सल्यान जिल्लाकै उच्च डाँडाहरु पनि रहेक छन् । यस गाउँपालिकाको केन्द्र साविक मर्मपरिकाँडा गा.वि.स. को रागेचौरमा रहेको छ ।

साविक जिमाली गा.वि.स को दक्षिणमा अवस्थित प्रसिद्ध कुमाख लेकको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको पाइन्छ । सल्यान जिल्लाकै प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको सिद्धबाबाको मन्दिर तथा रहस्यमय सिद्धगुप यसै कुमाख लेखमा रहेकोले पनि यस स्थलको एतिहासिक तथा धार्मिक महत्व रहेको छ । यस कुमाख लेकको फेदीमा हरेक वर्षमा मंसिर शुक्ल पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । मेलामा प्रदर्शन हुने सोरठी,पैसेरी,स्यरिङगे र टप्पा जस्ता नाँचगानहरू हेर्न तथा सिद्धबाबाको मन्दिरमा पुजापाठ गर्न मानिसहरु टाढा टाढाबाट आउने गर्दछन । सो अवसरमा आफुले चिताएको पुरा हुने भाकल सहित सद्धबाबाको मन्दिरमा बोकाको बलि दिने धार्मिक परम्परा रहि आएको छ ।  यस गाउँपालिका मुख्य गरी क्षेत्री,ब्राम्हण,मगर,ठकुरी र दलित समुदायको  बसोबास रहेको छ । हिन्दु धर्मालम्बीको बाहुल्यता रहेको यस गाउँपालिकामा सात प्रतिशत मानिसहरूको मातृभाषा नेपाली रहेको छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि रहेको छ ।   यहाँ खानेपानीको आशिक सुविधा रहेको छ । यस गाउँपालिकामा मर्म खोलाबाट अशिक सिचाइ सुविधा पुगेता पनि धेरै जसो भुभाग सिचाइ सुविधाबाट बञ्चित छ । यस गाउँपालिकाको उत्तरी सिमानामा भेरी नदी भए पनि त्यसलाइ उपयोग गर्न सकिएको छैन । यस गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएका छन् । विधुत सुविधाबाट भने पूरै गाउँपालिकाका बन्चित रहेका छ तर विधुत विस्तार भने निकै तिब्र गतिमा काम संचलना भएको छ । टेलिफोन सेवा भने सुधार भइ अलि व्यावस्थित बन्दै गएको छ ।

                             साविक गा.वि.स. र गाउँपालिकाका वडाहरु

हालकाे गाउँपालिकाका वडाहरू                पहिलेका गाविसहरू                        पहिलेका गाविसका वडाहरू 

१                                                                   स्वीकाेट                                           ४, ८

२                                                                   स्वीकाेट                                           १,३,९

३                                                                   मर्मपरिकाडाँ                                     १,९

४                                                                    कालागाउँ                                        १,३,५

५                                                                    कालागाउँ                                        २,६,९

६                                                                     बडागाउँ                                         १,९

७                                                                      जिमाली                                           १,९