FAQs Complain Problems

वडा नं. ४

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको क्षेत्रफल १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसख्या २४८५९ रहेको छ । पहाडी जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । भने कुमाख गाउँपालिका हाल को वडा नं. ४ साविक को   कालागाउँ गाविसका वडा न.१,३,४ र ५ मिली हाल वडा न. ४ बनेको छ । भने यसको वडा कार्यलयको कार्यलय साविकै कालागाउँ गाविसको  थदरामा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष १७८० तथा महिला १८८७ गरि कुल जनसंख्या  जम्मा संख्या ३६६७   रहेको छ  भने जम्मा घरधुरी संख्या ८५३ रहेको छ ।।

जनसंख्या
महिला = १८८७,
पुरुष =१७८०
जम्मा संख्या =३६६७

Ward Contact Number: 
9866947631

जन प्रतिनिधि

शोभीलाल बस्नेत
वडा अध्यक्ष
‍
९८६६९४७६३१
लालविर परियार
कार्यपालिका सदस्य
‍
९७६८२७५१९०
ग्रिस्मा भण्डारी
वडा सचिव / स्थानीय पञ्जिकाधिकारी
‍
9868365114
काली बहादुर बुढा
वडा सदस्य
‍
९८६६७५९९२०
बलवीर सुनार
वडा सदस्य
‍
९८२२८५९५६२
कमला रावत गिरी
महिला सदस्य
‍
९८४०७२७६७८
सिता दमाई
दलित महिला सदस्य
‍
९८२४५९०३५६
गोविन्द भण्डारी
अ. सब इन्जिनियर
‍
रुद्रमणी शर्मा
कार्यालय सहयोगि
‍
९८६७४२२००२
//