समाचार
अध्यक्ष कप गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता उदघाटन तथा कृषि साखा भवनको शिलान्यास
रास्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, भन्ने मुलनाराका साथ अध्यक्ष कप गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता तथा बहत साँस्कृतिक कार्यक्रम २०७५/०२/०४ देखि संचालन आएको छ,
प्रमुख अथिति प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले दिप प्रज्वलन तथा व्यानर खोलेर उद्घाटन गर्नु भयको छ, विशिष्ट अथिति कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर ( गिरी) ले कार्यक्रममा बाेल्दै खेलले मानिसको जीवनलाई स्वच्छ र उच्च विचार राख्न प्रेरित गछ भन्नु भएको छ र विशिष्ट अथिति दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के सी , अथिति कुमाख गाउँपालिका उपाध्यक्ष डिल्ली राज जैशी र अथिति प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी लगाएतले शुभकामना मन्तव्य राखनु भएको छ उत आयेाजनमा कार्यक्रमको अध्यक्षता कुमाख गाउँपालिका खेलकुद बिकाश समिति अध्यक्ष गोरखा थापा ले गर्नु भएको थियो भने उत कार्यक्रमा गाउँपालिका स्तरीय खुला भलिबल प्रतियोगिता र बहत साँस्कृतिक कार्यक्रम गरिएको थियो साथै कुमाख गाउँपालिका कृषि साखा भवनको शिलान्यास प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत र गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरी) ले शिलान्यास गर्नु भएको छ