समाचार
महिना दिवस
११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका ‘लैङ्गिक समानताको बलियो आधार:सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता कुमाख गाउँपालिकाका कार्यपालिका सदस्य श्री पवित्रा कवरले गर्नु भएको थियो। कार्यक्रमको अतिथि गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, अतिथि गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत, अथिति गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत(योजना अधिकृत)श्री मान बहादुर बुढाथोकी, वडाध्यक्ष लगायत गाउँपालिकामा कार्यरत कर्मचारी,
बुद्धिजिवी,शिक्षक, विभिन्न समाजसेवी, सुरक्षाकर्मी, पत्रकार तथा अन्य व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय / अन्तर्राष्ट्रिय महिलाका दिवसका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्र्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतनाअभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाइएको छ ।
उक्त दिवस साझा अभियानका रूपमा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा लोक गीत तथा नृत्य प्रतियोगिता, घैटो फोर प्रतियोगिता, तातो आलु खेल रस्साकस्सी (डोरी तान्ने) प्रतियोगिता सहितका विभिन्न विद्याका कार्यक्रम
सम्पन्न गरियो ।
लोक गीत तथा नृत्य प्रतियोगिता तर्फ
प्रथमः सितलपुर महिला समुह कुमाख ४
द्धितियः नब प्रतिभा महिला समुह कुमाख ६
तृतियः जनचेतना महिला समुह कुमाख १
तातो आलु
प्रथमः मिना शाह
द्धितियः रमा शर्मा
तृतियः गायत्री शर्मा
रस्साकस्सी
प्रथमः जनचेतना महिला समुह कुमाख १
द्धितियः झारकाडाँ स्वास्थ्य आमा समुह कुमाख ५
तृतियः फुलबारी महिला समुह कुमाख ३ सल्यान
घैटोफाेर
प्रथमः देवि रावत