समाचार
वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण
यस कुमाख गाउँपालिका र हिमालयन बैंक लिमिटेड, रागेचौर शाखाको आयोजनामा वडा नम्बर ६ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जसमा १८० जना सेवाग्राहीहरूले आफ्नै घर आँगन (वडा कार्यालय) बाट सेवा प्राप्त गर्ने अवसर पाउनु भएको छ । उक्त कार्यक्रममा कुमाख गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, ईलाका प्रहरी कार्यालय रागेचौरका निमित्त कार्यालय प्रमुख लगायत सुरक्षाकर्मी, हिमालयन बैंक रागेचौरका शाखाका प्रबन्धक श्री नारायण घिमिरे लगायत अन्य कर्मचारी, ६ नम्बर वडा सचिव श्री डिलाराम कठायत लगायत जनप्रतिनिधिहरू, सहायक महिला विकास निरिक्षक श्री देविका के.सी., MIS Operator श्री मेघराज रावतको समुपस्थितिमा सञ्चालन र समापन भएको छ । साथै ६ नम्बर वडाबाट सेवा लिन छुटेका तथा रागेचौर पायक पर्ने सम्बन्धित वडाका सेवाग्राहीहरूलाई हिमालयन बैंक, रागेचौरबाट नै सामाजिक सुरक्षा भत्ता बुझ्नु हुन अनुरोध छ।
यस अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद!!